मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट प्रहरीले गोली चलाएर एक युवकलाई पक्राउ गरेको छ।
सोमबार राति प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक भाग्न थालेपछि दुई राउण्ड हवाइ फायर गरिएको जनाएको छ।
हवाई फायरपछि प्रहरीले २१ वर्षीय मोहम्मद आविद मियाँलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट ४७५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको छ।
240
Shares

प्रतिक्रिया