समाज


तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

नेपालखबर
पुस १३, २०८२ आइतबार ८:४४, संखुवासभा

कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

खाँदबारी–तुम्लिङटार सडकमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। 

खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश१–०२–०४३प २२७७  नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्। 

दुर्घटनामा गम्भीर घाइते को१८प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक असस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा खाँदबारी–९ का मोटरसाइकल चालकद्वय ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ। 

घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमै उपचार भइरहेको छ।  तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad