१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा झापा प्रहरीले एक पुरुषलार्य पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बू सम्वाहाम्फे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सन्तवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
117
Shares

प्रतिक्रिया