समाज


जेनजी आन्दोलनमा लुटिएको ‘थ्री नट थ्री’ राइफल झापामा भेटियो

जेनजी आन्दोलनमा लुटिएको ‘थ्री नट थ्री’ राइफल झापामा भेटियो

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार १०:४५, झापा

झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक आज बिहान बेवारिसे अवस्थामा एक थान थ्री नट थ्री (.३०३) राइफल फेला परेको छ।

स्थानीयवासीले आइतबार बिहान एक थान राइफल फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका थिए। 

स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट राइफल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी)  खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

‘फेला परेको राइफल एकथान मात्रै हो,’ उनले नेपालखबरसँग भने, ‘कलिपयले .३०३ नाम गरेको राइफललाई ३०३ थान राइफल फेला परेको भनेर प्रचार गरेको पाइयो, त्यो ३०३ संख्या होइन, त्यो राइफलको नाम हो।’ 

फेला परेको त्यो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको डीएसपी खड्काले बताए।  

एकथान राइफलसँथै म्यागजिन पनि फेला परेको छ। 

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad