समाज


धनकुटामा बाढीपहिरो: यी २ निर्माणाधीन सडक अवरुद्ध

धनकुटामा बाढीपहिरो: यी २ निर्माणाधीन सडक अवरुद्ध

पहिराेले अवरुद्ध भएकाे रवि–राँके–भेडेटार सडक निरीक्षण गर्दै एक प्रहरी


नेपालखबर
साउन ४, २०८२ आइतबार ९:९, विराटनगर

अविरल वर्षापछि पहिरो खस्दा धनकुटाका दुई निर्माणाधीन सडक अबरुद्ध भएका छन्। 

आइतबार बिहान पसाँगुरीगढी गाउँपालिका-५ लुम्फाकुङस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सवारी साधन पूर्णरूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

सडक माथिबाट ठूलो पहिरो खसेको कारण बाटो अवरुद्ध भएको हो। 

सो क्षेत्रमा प्रहरी चौकी डाँडाबजारबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यसैगरी, चौबिसे गाउँपालिका-४ मा निर्माणाधीन तमोर करिडोर अन्तर्गत पर्ने छरुवा खोलामा आएको बाढीका कारण  सवारी आवागमन प्रभावित भएको छ। 

खोलामा पानीको सतह बढेका कारण तत्काल दुवैतर्फ सवारी चलाउन नसकिएको प्रहरीले जनाएको छ। त्यो ठाउँमा फलामेटारबाट प्रहरी टोली परिचालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad