संघीय निजामती सेवा विधेयकमा विषयगत समितिमा छलफल जारी छ। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले दलगत धारणा व्यक्त गरिरहेका छन्। खासगरी कुलिङ पिरियड र अतिरिक्त सचिव राख्ने/नराख्ने विषयमा मत बाझिएको छ। आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ।
बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुँदागत रुपमा असहमति राखे।
कुलिङ पिरियड
विधेयकमा स्पष्ट रुपमा कुलिङ पिरियड १ वर्ष राख्ने गरी प्रतिवेदन तयार पार्न लागेको भन्दै पाण्डेले असहमति जनाए। उनीसहित अधिकांश सांसदले कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने बताउँदै आएका छन्।
अतिरिक्त सचिव
उनले अतिरिक्त सचिव राख्ने नै भए सचिव र सहसचिवको पद संख्या घटाउन सुझाव दिए।
भेटेरिनरी सेवा
पाण्डेले भेटेरिनरी सेवामा तह थप गर्नुपर्ने बताए। उनले भेटेरिनरीमा ८औं तह राख्नुपर्ने र यो तह राख्दा कर्मचारी व्यवस्थापन सहज हुने दाबी गरे।
Shares

प्रतिक्रिया