समाज


तेह्रथुम क्याम्पसको स्ववियु पदाधिकारीमा ३ विद्यार्थी संगठनको भागबन्डा, चुनाव भएन

तेह्रथुम क्याम्पसको स्ववियु पदाधिकारीमा ३ विद्यार्थी संगठनको भागबन्डा, चुनाव भएन

नेपालखबर
चैत १९, २०८१ मंगलबार १०:९, तेह्रथुम

तेह्रथुम बहुमुखी क्याम्पसको स्ववियुका पदाधिकारीमा तीन प्रमुख विद्यार्थी संगठनले भागबन्डा गरेका छन्। 

विद्यार्थी संगठनले चुनावै नगरी भागबण्डा गरेर निर्विरोध रूपमा स्ववियूको पदाधिकारी चयन गरेका हुन्। 

तेह्रथुम क्याम्पसको स्ववियु अध्यक्ष नेविसंघ, उपाध्यक्ष र सचिव अनेरास्ववियू र कोषाध्यक्ष अखिल क्रान्तिकारीले भागबन्डा गरेर लिएका हुन्। 

पटक–पटक अवरोध हुँदा यहाँ स्ववियु चुनाव हुन सकेको थिएन। नेविसंघले मिलन बुढाथोकीलाई स्ववियु सभापति चयन गरेको छ। 

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियू निर्वाचन गर्न निर्देशन दिएको थियो। तर, विद्यार्थी संगठनबीचको विवादका कारण एकै चरणमा सबै क्याम्पसमा चुनाव हुन सकेन। 

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये  केही क्याम्पसमा चुनाव हुन अझै बाँकी रहेको त्रिविले जनाएको छ। सम्बन्धनप्राप्त ३४० हाराहारी क्याम्पसमा चुनाव गर्नुपर्ने भनिए पनि १० क्याम्पसमा अझै चुनाव भएको छैन। 

स्ववियु चुनाव सार्दै जाँदा त्रिविको शैक्षिक क्यालेन्डरमै असर परेको भन्दै त्रिविले यही चैत २० गतेभित्र सबै क्याम्पसमा निर्वाचन सक्न निर्देशन दिएको छ। त्यसपछि चुनाव गराउन नपाइने निर्णय त्रिविले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad