समाज


समयमै उपचार नगर्दा कुकुरले टोकेका बालकको मृत्यु

समयमै उपचार नगर्दा कुकुरले टोकेका बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८१ आइतबार ७:२४, झापा

झापाको कन्काईमा कुकुरले टोकेका एक बालकको समयमै उपचार नहुँदा मृत्यु भएको छ। 

संखुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका-२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको कुकुरको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

डेढ महिनाअघि नै कुकुरले टोके पनि बालकलाई एन्टी रेबिजको औषधि दिइएको थिएन्। कुकुरले टोके पनि बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेको अभिभावकले बताएका छन्। 

शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो। त्यसपछि सुरुमा बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। 

त्यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरे हिल अस्पतालमा भर्ना गरिएको थियो। 

उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। चिकित्सकहरुले उनलाई रेबिज भएको आशंका गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad