ad ad

समाज


काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा दुर्घटना

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा दुर्घटना

नेपालखबर
भदौ १६, २०८१ आइतबार ९:४३, काठमाडौँ

काठमाडौँबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन्। 

आइतबार बिहान करिब ६ बजे झापाको कन्काइ नगरपालिका- ३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी क्याम्पसको बसलाई पछाडिबाट ठक्कर दिएपछि बस सडकबाट तल नालामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा केही यात्रु सामान्य मात्रै घाइते भएका छन्। बसमा ८ जना सवार थिए।

दुर्घटनापछि प्रहरीले बसका चालक झापा घर भएका शंकरबहादुर खत्रीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .