रातभरिको वर्षाले संखुवासभास्थित अरुण नदीमा जलसतह बढेको छ।
नदीमा बाढी आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ।
निरन्तरको वर्षाले संखुवासभाको मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
180
Shares
प्रतिक्रिया