ad ad

समाज


ताप्लेजुङमा ४ जनाको ज्यान जानेगरी पहिरोले पुरिएको घर गाउँपालिका उपाध्यक्षको

ताप्लेजुङमा ४ जनाको ज्यान जानेगरी पहिरोले पुरिएको घर गाउँपालिका उपाध्यक्षको

घटनास्थल


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ९:२, काठमाडौँ

गएराति ताप्लेजुङको फक्ताङलुङ-२ मा पहिरोमा पुरिएको घर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको भएको खुलेको छ। 

घर पुरिँदा गाउँपालिका उपाध्यक्ष लिम्बूका बुवा, सानीआमा र दुई बहिनीको मृत्यु भएको छ। 

गएराति १ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उपाध्यक्ष रविनका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, सानीआमा ४८ वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी (९ वर्षीया गंगा र जमुना) को मृत्य भएको फक्ताङलुङ गाउँपालिका वडा नम्बर-२ का अध्यक्ष भुपेन्द्र चौलागाइँले जानकारी दिए। 

‘उपाध्यक्ष रविन भने अर्कै घर (मूलघर) मा बस्नुहुन्थ्यो,’ उनले नेपालखबरसँग भने, ‘अहिले चारैजनाको शव उपाध्यक्ष लिम्बु बस्ने गरेको मूल घरमा लगिएको छ।’ 

घटनास्थल

भिरालो जमिनमा ढुंगामाटोले बनेको २ तले घर पहिरोले बगाएर ४० मिटरजति तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .