ad ad

समाज


सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न बिहानैबाट सशस्त्रको गोताखोर परिचालन

सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न बिहानैबाट सशस्त्रको गोताखोर परिचालन

नेपालखबर
चैत १२, २०८० सोमबार ८:३८, काठमाडौँ

आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।
    

आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।

आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाकाे खाेजी गरेकाे थियाे। तर हिजाे राति अबेलासम्म  खोजतलास गरे पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि आज (सोमबार) बिहानैबाट फेरि खाेजी सुरु गरिएकाे हाे।

काेसी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट बालबालिकाकाे खाेजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरेर बिहानैदेखि खोजी कार्य सुरु गरिएको थापाले बताए। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बरऔ १४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन्। 

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई भने स्थानीयले सुनकोसी नदीबाट उद्धार गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .