मोरङको पथरी शनिश्चरे नगरपालिका १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी भएको छ।
आगलागीबाट एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनसहित भण्डारण गरेको राखिएको अन्न खरानी भएको छ।
मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीयवासी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो।
मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो। आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ।
30
Shares
प्रतिक्रिया