समाज


पहिरोले कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर अवरुद्ध

नेपालखबर
बैशाख १२, २०८३ शनिबार २१:२३, काठमाडौँ

हुम्लाको सर्केगाड गाउँपालिका-१ खच्चा क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

शनिबार पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन्।

सडक खुलाउनका लागि प्रयास भइरहेको जनाएको छ। सर्केगाड गाउँपालिकाको एक्साभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए। 

सडकमा पहिरो खस्दा दुवैतर्फका एक दर्जनभन्दा बढी सवारीसाधन रोकिएको डिलबहादुर कार्कीले बताए। पहिरोका कारण पैदल हिड्न पनि कठिन भएको छ।

एकातिरबाट अर्कोतिर रहेका गाडीसम्म पुग्न एक घण्टा पैदल हिड्नु परिरहेको छ। जसले गर्दा यात्रुलाई आवातजावत गर्न पनि समस्या भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad