समाज


दैलेखमा चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु, २ किशोर पक्राउ

दैलेखमा चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु, २ किशोर पक्राउ

नेपालखबर
फागुन १, २०८२ शुक्रबार ५:३४, सुर्खेत

दैलेखको दुल्लु नगरपालिका–७ स्थित नगरपालिकाको कार्यालय नजिकै चक्कु प्रहारबाट एक किशोरको मृत्यु भएको छ।

बिहीबार दिउँसो दुल्लु नगरपालिका–४ शान्तिबजार निवासी १८ वर्षीय प्रकाश खनालमाथि चक्कु प्रहार भएको हो। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खनाललाई उपचारका लागि दुल्लु अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो करिब ३ः४० बजेको समयमा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

प्रहरीका अनुसार खनालमाथि दुल्लु नगरपालिका–१० सातखम्बा निवासी करिब १७ वर्षीय एक किशोरले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका १९ वर्षीय विभूषण शाही र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad