समाज


तीव्र गतिको मोटरसाइकलबाट खसेर १८ वर्षीय किशोरको मृत्यु, चालक पक्राउ

तीव्र गतिको मोटरसाइकलबाट खसेर १८ वर्षीय किशोरको मृत्यु, चालक पक्राउ

नेपालखबर
असोज १०, २०८२ शुक्रबार ६:३२, सुर्खेत

दैलेखमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय किशोरको मृत्यु भएको छ। 

कर्णाली राजमार्ग हुँदै सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२-००६ प ८५६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाही रहेका प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश ०२-००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा मोटरसाइकल ट्रकमा ठोक्किएपछि शाही सडकमा बजारिएका थिए। 

टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय विपीन भारतीलाई प्रहरीले पक्राउ गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad