समाज


ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

नेपालखबर
साउन २९, २०८२ बिहिबार ९:३०, सुर्खेत

कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

खाँडाचक्र नगरपालिका–२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो। 

बुधबार राति साढे ८ बजेको समयमा नेपालगन्जबाट खाद्यान्नसहित ग्याँस तथा सिमेन्ट बोकेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले रातको समयमा कच्चि सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको जानकारी दिए। 

डीएसपी रावतका अनुसार मानबहादुरसँगै ट्रकमा रहेका सहचालक भने सकुशल रहेका छन्। उनी टायरमा ढुङ्गा ओट लगाउनका लागि झरेको बेला ट्रक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad