समाज


मलामी गएका बालकको नदीमा डुबेर मृत्यु

मलामी गएका बालकको नदीमा डुबेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार ६:४४, काठमाडौँ

दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। 

गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घाटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

पानीमा डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए। 

घाँस काट्ने क्रममा भिरबाट लडेकी गाउँकै एक महिलाको मलामी जाने क्रममा बालकको नदीमा डुबेर मृत्यु भएको हो। 

गुराँस गाउँपालिका–४ मैलारीकी ४१ वर्षीया टीका बिसीको शनिबार घाँस काट्ने क्रममा खनियाको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad