जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
घर लिपपोत गर्न माटो लिन गएकी चन्दननाथ नगरपालिका-६ की २५ वर्षीया विमला सुनारको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए।
चन्दननाथ-४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी थिइन्।
विमलासँगै गाउँकै ६ जनाको समूहमा माटो लिन गएका थिए। उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। रासस
234
Shares

प्रतिक्रिया