ad ad

समाज


पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८१ बिहिबार १०:५३, रुकुमपश्चिम

मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

सडक अवरुद्ध भएसँगै  रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा  रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन रोकिएका  रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको उनले बताए। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .