भारतले इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ।
इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको हो।
भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भनेको छ: ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ।’
भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
यसका लागि भारतीय दूतावासले टेलिग्राम च्यानल र आपतकालीन नम्बर पनि सार्वजनिक गरेको छ।
यी हुन् नम्बर:
+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९)
जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्।
हेर्नुहोस् भारतीय दूतावासले जारी गरेको सूचना-
⚠️
— India in Iran (@India_in_Iran) June 21, 2025
On request of the Governments of Nepal and Sri Lanka, the Indian Embassy’s evacuation efforts in Iran will also cover Citizens of Nepal and Sri Lanka. https://t.co/eHIOhmNN7M
Shares

प्रतिक्रिया