समाज


घरमा चट्याङ पर्दा २ जना गम्भीर घाइते

घरमा चट्याङ पर्दा २ जना गम्भीर घाइते

नेपालखबर
जेठ ९, २०८३ शनिबार ८:३१, काठमाडौँ

तनहुँमा घरमा परेको चट्याङ लागेर दुईजना गम्भीर घाइते भएका छन्। 

शुक्रबार साँझ व्यास नगरपालिका-१४ रुम्सी निवासी सन्तराज थापाको घरमा एक्कासी चट्याङ पर्दा दुईजना घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-१ बस्ने बस्ने वर्ष ३५ की भिम कुमारी थापा र व्यास नगरपालिका-१४ रुम्सी बस्ने वर्ष ६७ की पुरन माया थापा छन्। 

उनीहरुलाई राति नै प्रदेश अस्पताल दमौली सामान्य उपचार पश्चात थप उपचारको चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ। 

उनीहरु दुवैको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad