नवलपरासी पूर्वमा एक पुरुषले पत्नीको हत्या गरेका छन्।
कावासोती नगरपालिका–८ सगरमाथा टोलकी ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या भएकाे हाे।
४२ वर्षीय पति सूर्यप्रसाद पाण्डेले नै बुधबार साँझ उनकाे हत्या गरेका प्रहरीले जनाएकाे छ।
सूर्यप्रसादलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादको क्रममा उनले चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।
273
Shares

प्रतिक्रिया