समाज


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, अर्का घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
भदौ ९, २०८२ सोमबार ५:२१, नवलपरासी पूर्व

नवलपरासी पूर्वको नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। 

आइतबार साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरी कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

प्रहरीकाअनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन्। उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad