लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्।
पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङ शनिबार बिहान साथीसँगै दुधपोखरीमा नुहाउन गएका थिए।
पोखरीको छेउबाट पौडी खेल्दै बिचतिर गएपछि उनी हराएका साथीहरूले बताएका छन्। उनी नौ जना साथीहरूसँगै शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए।
दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्छ।
Shares

प्रतिक्रिया