समाज


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
साउन २६, २०८२ सोमबार ५:३१, मुस्ताङ

मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर घरपझोङ–३ स्याङस्थित बेनी–जोमसोम सडकमार्गमा आइतबार राति ८ बजे दुर्घटनामा परेको हो।

ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका–५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन्। उनको अवस्था सामान्य छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad