समाज


पर्वतको पहिरोमा बेपत्ता पतिपत्नीकै शव भेटियो

पर्वतको पहिरोमा बेपत्ता पतिपत्नीकै शव भेटियो

घटनास्ठल


नेपालखबर
साउन ४, २०८२ आइतबार १४:५, पर्वत

पर्वतको मोदी गाउँपालिका–३ देउरालीमा गएराति गएको पहिरोमा बेपत्ता भएका पतिपत्नीकै शव फेला परेको छ। 

मोदी- ५ लाङ्दीमा पहिरोमा पुरिएका दम्पतीकै शव भेटिएको प्रहरीले जनाएको छ। 

पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्मा र की ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छन्।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad