समाज


बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेतीको तयारी

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेतीको तयारी

नेपालखबर
असार ७, २०८२ शनिबार ६:४६, बागलुङ

बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ। 

बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो। 

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए। 

गाउँपालिकाले बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाइ, जुस, अचारलाई व्यावसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने भएको छ।

चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरी कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन गरी कृषकको उत्पादनलाई सङ्कलन र बजारीकरणका कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गरी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताए । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए।

किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन अध्यक्ष थापाको भनाइ छ। सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad