समाज


म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते

नेपालखबर
चैत ८, २०८१ शुक्रबार ७:३८, म्याग्दी

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

दुर्घटनामा पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो। देविनको भने लुलाङ स्वास्थ्य चौकीमा उपचारको  क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्। 

उनीहरु सबैलाई लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको थियो। त्यसमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई पोखराको मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएकाे छ। 

ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad