समाज


जंगलमा डढेलो लगाएको आरोपमा २ युवा पक्राउ

जंगलमा डढेलो लगाएको आरोपमा २ युवा पक्राउ

नेपालखबर
फागुन २, २०८१ शुक्रबार ११:२३, काठमाडौँ

सामुदायिक वनमा डढेलो लगाएको आरोपमा पर्वतबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

कुश्मा नगरपालिका-१४ बगाल थोकस्थित ठूलढुंगा सामुदायिक वनमा डढेलो लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल छन्। 

उनीहरुले सामुदायिक वनमा डढेलो लगाएको सूचनाका आधारमा खोजतलास गरेर पक्राउ गरिएको प्रहरीको भनाई छ। 

पक्राउपछि पौडेलद्यलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ। 

कसैले वन जंगलमा डढेलो लगाएको जानकारी पाए तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा वा १०० नम्बरमा फोन गरेर जानकारी गराउँन पनि प्रहरीले अनुरोध गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad