हङकङमा मोडलप्रति अभद्र व्यवहार गर्ने फोटोग्राफरलाई ८ हप्ता जेल

हङकङमा मोडलप्रति अभद्र व्यवहार गर्ने फोटोग्राफरलाई ८ हप्ता जेल

पूर्वी अदालतले फोटोग्राफरलाई ८ हप्ताको जेल सजाय सुनाएको छ (एससीएमपी)


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:५४, हङकङ

हङकङका एक फोटोग्राफरलाई मोडलप्रति अभद्र व्यवहार गरेको आरोपमा ८ हप्ताको जेल सजाय सुनाइएको छ। २ वर्षअघि आफ्नो चाइवान स्टुडियोमा मोडलको पोसाक तल तानेर उनको स्तन खुला गरेकोमा उनी दोषी ठहरिएका हुन्।

यद्यपि, ३९ वर्षीय फोटोग्राफर लिअङ चुनले भने उक्त आरोप अस्वीकार गरेका छन्। बुधबार पूर्वी अदालतले सजाय सुनाएपछि उनले पुनरावेदन समेत दिएका छन्। चुन फोटोग्राफीमा पुरस्कार विजेता हुन्।

१६ डिसेम्बर २०२२ को रात आफ्नो स्टुडियोमा फोटो खिच्न ल्याइएकी मोडललाई भित्री वस्त्र खोल्न लगाएको र उनले आनाकानी गर्दा आफैँ कपडा तानिदिएर फोटो खिचेको आरोप लिअङमाथि लागेको थियो।

पीडित मोडेलले अदालतसामु बयान दिने क्रममा पुरस्कार विजेता रहेको र हङकङका धेरै सेलिब्रेटीसँग सहकार्य गरेको आधारमा आफूले विश्वास गरेको बताएकी छन्।

‘लिअङले पेस्टी (महिलाले निप्पल छोप्न लगाउने एकप्रकारको वस्त्र) नलगाउन र ‘प्राकृतिक देखिन’ अन्डरवेयर फुकाल्न भने,’ उनले अदालतसामु भनेकी छन्, ‘यसपछि लिअङले अचानक लुगा ताने र मेरो सहमतिबिनै स्तन क्यामेरामा कैद गरे।’

मजिस्ट्रेट मिन्नी वाटले फोटोग्राफरको यो कार्यलाई पीडितप्रति विश्वासघात र कमजोरीप्रति फाइदा उठाएको बताएका छन्। ‘लिअङको यो कार्य विश्वासको भंग र पीडितको कमजोरीको दुरुपयोग हो,’ वाटको कथन छ, ‘किनकि उनले सोचेकी थिइन् कि उनी एक ‘मास्टर फोटोग्राफर’सँग छिन् त्यसैले रातको समयमा शुटको लागि आउन राजी भइन्।’

लिअङमा आफूले गरेको कामप्रति कुनै पछुतो नभएको र अदालतमा बयान दिँदा पीडितलाई थप पीडा दिएको भन्दै मजिस्ट्रेटले निन्दा समेत गरे।

‘पीडितको मनोविज्ञानले देखाउँछ कि, के भएको थियो भनेर पीडितले आफैँलाई दोषी ठहराइरहेकी थिइन् र गोप्य रूपमा फोटो खिचिनु वा आफ्नो गोप्य अंगको तस्बिर खिचिएकोमा डरले बाँचिरहेकी थिइन्,’ मजिस्ट्रेट वाटले फैसलामा उल्लेख गरेका छन्।

यता, प्रतिवादी पक्षका वकिलले भने अन्य यौन दुर्यवहारका घटनाभन्दा यो फरक भएको, लिअङले उनको स्तन नछोएको र पछि पनि पीडितको सम्पर्कमा आएको जस्ता कारण देखाउँदै २ हप्ताको जेल सजायबारे विचार गर्न आग्रह गरेका थिए।

अब फोटोग्राफी नै गर्न नसक्ने गरी करिअर बर्बाद भएकाले यही नै उनलाई ठूलो पाठ भएको तर्क राख्दै सजायबारे विचार गर्न वकिलले आग्रह गरेका थिए।

तर, मजिस्ट्रेले वाटले भने यो गम्भीर अपराध भएको तर्क गर्दै सजाय घटाउने सम्बन्धमा कुनै सुनुवाइ नगरी ८ हप्ताको जेल सजाय सुनाए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .