ad ad

समाज


म्याग्दीमा २२ वर्षीय युवकको हत्या, थप दुई घाइते

म्याग्दीमा २२ वर्षीय युवकको हत्या, थप दुई घाइते

नेपालखबर
माघ १२, २०८० शुक्रबार ६:२, म्याग्दी

म्याग्दी सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। घटनामा अरु दुई जना घाइते भएका छन्।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। 

बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका लागि बेनी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 
    

मृतक युवकको टाउको र छातीमा गहिरो चोट छ। सोही घटनामा घाइते भएका थप दुई जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .