बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनेता सुनिला थापाको निधनप्रति दु:ख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमा एकसाथ काम गरेको फिल्म ‘मेरी कोम’ को भिडिओ राख्दै भावुक स्टाट्स लेखेकी हुन्।
उनले सुनिललाई ‘मेरो कोच सर’ भनेर सम्बोधन गर्दै उनको साथ र मायाको स्मरण गरेकी छन्। सन् २०१४ मा रिलिज भएको ‘मेरी कोम’ मा सुनिल प्रियंकाको कोचको भूमिकामा देखिएका थिए।
‘तपाईँ सधैं मेरो कोच भएर रहनुहुनेछ सर। मैले भर्खरै मेरो बुवा गुमाएको बेला तपाईंले मलाई सम्हालेर राख्नुभयो। तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा मलाई नजानिँदो रूपमा सहयोग गनुभयो। तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरो सम्झनामा रहनेछ,’ प्रियंकाले लेखेकी छन्, ‘अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन। म विचलित भएको समयमा देखाउनुभएको तपाईंको दयालुपनका लागि धन्यवाद। शान्तिमा विश्राम लिनुहोस्, सुनिल थापा।’
थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि यतिखेर चलचित्र विकास बोर्डमा राखिएको छ। त्यसपछि भने शव यात्रासँगै आजै उनको पशुपति आर्यघाटमा अन्येष्टि गरिनेछ।
Shares

प्रतिक्रिया