समाज


बसलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर, ३५ वर्षीय युवकको मृत्यु

बसलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर, ३५ वर्षीय युवकको मृत्यु

नेपालखबर
साउन ९, २०८२ शुक्रबार ८:३७, चितवन

पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनकाे रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनकै कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२ः३० बजे दुर्घटना भएकाे हाे।

खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९  नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कँडेलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते  कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राति १ः१९ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ। बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad