समाज


पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार ७:४४, बागलुङ

अविरल वर्षाका कारण पहिराे खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए।

पहिराे खसेपछि कालीगण्डकी करिडाेरमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको हाे। वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा पनि सडक अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad