समाज


मकवानपुरमा एउटा बसबाट ओर्लिएका यात्रुलाई अर्को बसले ठक्कर दियो

मकवानपुरमा एउटा बसबाट ओर्लिएका यात्रुलाई अर्को बसले ठक्कर दियो

नेपालखबर
चैत २५, २०८१ सोमबार ८:५१, हेटाैँडा

मकवानपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२, संगमटोल घर भएका ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो।

प्रधान काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडीका यात्रु हुन्। 

सोमबार बिहान यात्रुलाई शौचालय जानको लागि प्रधान सवार बस रोकेको बेला बाटो क्रस गर्ने अर्काे बसले ठक्कर दिएकाे हाे।

बाटाे पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रधानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

दुर्घटनापछि ठक्कर दिने बसका चालक धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad