ad ad

समाज


‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाका मजदुरको ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाका मजदुरको ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८१ शनिबार ५:५२, रसुवा

आन्दोलनरत मजदुरको ढुंगा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन्।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाको मैलुङस्थित कार्यालयमा आन्दोलनरत मजदुरबाट प्रहार भएको ढुङ्गामुढाले सुरक्षाकर्मी घाइते भएका हुन्।

घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

आयोजनामा कार्यरत मजदुरको काम गर्ने समय फेरबदल गराई जिम्मेवार पक्षले कामदारलाई आफ्ना नीति र सिद्वान्तको विषयमा प्रशिक्षणमार्फत स्पष्ट गराउन नसकेकाले आन्दोलनमा उत्रेको मजदूरहरूले बताएका छन्। 

उनीहरुले आयोजनाको साइट अफिस तथा आवासमा ढुङ्गा प्रहार गर्दा केही झ्याल तथा ढोकाका सिसाहरू फुटेका छन्।

मजदुरलाई श्रम शोषण गर्ने गराउने अभिप्रायले पाइराखेको  मजदुरी ज्याला घटाएकाले आन्दोलनमा उत्रिन परेको कामदारले बताएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले मजदुरबाट स्थिति भयावह भएपछि सुरक्षा अवस्था सुदृढ पार्न सुरक्षाकर्मीद्वारा लाठी एवं केही राउन्ड अश्रुग्यास प्रहार गरिएको बताए।

घटनास्थलमा  सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकहरूको कमान्डमा गएको सुरक्षा फौजले मात्र आन्दोलन नियन्त्रणमा लिन नसकेपछि छिमेकी जिल्ला नुवाकोटबाट थप सुरक्षाकर्मी झिकाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .