समाज


हुण्डरीले ढालेको रुखले च्यापिएर मनहरीमा २२ वर्षीय युवकको मृत्यु

हुण्डरीले ढालेको रुखले च्यापिएर मनहरीमा २२ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १३:२४, हेटौँडा

मकवानपुरमा हुण्डरीले ढालेको रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ। 

मनहरी गाउँपालिका-२ ट्यांकी दमारमा २२ वर्षीय रामबहादुर गोलेको मृत्यु भएको हो। 

मंगलबारबिहान घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका गोलेको हुण्डरीले ढालेको रुखले लागेर मृत्यु भएको अवस्था फेला परेको मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए। 

‘आज बिहान १० बजेतिरको समयमा आएको हावाहुरीका कारण ढलेको रुखले गोलेलाई थिचिरहेको अवस्थामा आफन्तहरुले फेला पारेका रहेछन्,’ वडाध्यक्ष पाख्रिनले भने, ‘उनको घटनास्थलमै मृत्यु भएको हो। शव भर्खर घरमा ल्याएका छौँ।’

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad