ad ad

समाज


चितवनमा ३ वटा बस र एउटा ट्रक एकै ठाउँमा ठोक्किए, १ युवकको मृत्यु, २३ जना घाइते

चितवनमा ३ वटा बस र एउटा ट्रक एकै ठाउँमा ठोक्किए, १ युवकको मृत्यु, २३ जना घाइते

घटनास्थल


नेपालखबर
जेठ १४, २०८१ सोमबार ६:२०, काठमाडौँ

नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बर को ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठोक्किएका हुन्। 

दुर्घटना गएराति साढे १२ बजे भएको हो। 

‘दुर्घटनामा ज्यान गुमाउने युवकको परिचय खुलेको छैन,’ डीएसपी रिजालले सोमबार बिहान नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका ती युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चारवटै सवारी साधनका चालक पनि घाइते भएका छन्।’

घाइतेहरुको कुरिन्टार, भरतपुर लगायतका ठाउँमा रहेका अस्पतालमा उपचार भइरहेको उनले बताए। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .