समाज


मकवानपुरमा दुर्घटना: घाइते ट्याक्टर चालकको मृत्यु, भ्यान पल्टिँदा ४ घाइते

मकवानपुरमा दुर्घटना: घाइते ट्याक्टर चालकको मृत्यु, भ्यान पल्टिँदा ४ घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:२७, मकवानपुर

मकवानपुरको हेटौँडा–५ बाँनिया टोलमा वैशाख २७ गते भएको सवारी दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यु भएको छ। 

ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका हेटौँडा–५ शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ वाइबा गम्भीर घाइते भएका थिए।

त्यसैगरी मकवानपुरकै फर्पिङ्ग–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–१ मार्खमा आज भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्। 

काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad