ad ad

समाज


६५ वर्षीया महिलाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा काभ्रेबाट १७ वर्षीय किशोर पक्राउ

६५ वर्षीया महिलाको हत्या गरेर सुनका गहना लुटेको आरोपमा काभ्रेबाट १७ वर्षीय किशोर पक्राउ

नेपालखबर
पुस १८, २०८० बुधबार ७:४८, काभ्रे

सुनका गहना लुट्नको लागि एक वृद्धाको हत्या गरेको आरोपमा काभ्रे प्रहरीले १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। 

गएको मंसिर ३० गते काभ्रेको मण्डनदेपुर नगरपालिका १० हल्दे निवासी ६५ वर्षीया कान्छी दमाइ घर नजिकै मृत भेटिएकी थिइन्।  

घरदेखि ४ सय मिटर उत्तर तर्फ छिमेकीको बारीमा मृत अवस्थामा भेटिएकी उनलाई जंगली जनाबर (चितुवा)ले आक्रमण गर्दा मृत्यु भएको आशंका सुरुमा आफन्त र स्थानीयले गरेका थिए।  

तर, पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु जंगली जनावरको आक्रमणबाट भएको नदेखिएपछि प्रहरीले फरक ढंगले अनुसन्धान अघि बढाएको थियो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वृद्धाले लगाएको गहना लुट्नको लागि एक किशोरले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा सोही ठाउँका दमाइसिंह तामाङका १७ वर्षीय छोरा बुद्ध तामाङलाई पक्राउ गरेको छ। 

उनलाई कर्तब्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट मंगलबार ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रहरी अनुसन्धानका क्रममा किशोरले महिलाको हत्यापछि उनले लगाएका गरगहना लुटेर लगेको देखिएको छ। उनले लुटेका गहना नजिकैको सुन पसलमा लगेर बेचेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ।

घटना शंकास्पद देखिएपछि प्रहरीले सुनसलमा निगरानी बढाएको थियो। सुन पसलमा पुराना गहना बेच्न ल्याउने मासिको खोजी गर्ने क्रममा किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .