समाज


सर्पदंशबाट एकको मृत्यु, एक सिकिस्त

सर्पदंशबाट एकको मृत्यु, एक सिकिस्त

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ४:११,

सर्पदंशबाट दाङमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर बिरामी परेका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन्। खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको टोकाइमा परेका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। त्यसैगरी पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत पनि सर्पको डसाइबाट गम्भीर रहेका छन्।

आफ्नै घरको बरण्डामा गएराति बसिरहेको अवस्थामा विषालु सर्पले रावललाई डसेको प्रहरीले जनाएको छ।

सर्पको डसाइबाट गम्भीर रहेका रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .