ad ad

समाज


बसको ठक्करबाट वृद्धाको मृत्यु

बसको ठक्करबाट वृद्धाको मृत्यु

नेपालखबर
असोज २२, २०७६ बुधबार १३:४९,

बसको ठक्करबाट आज दिउँसो स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ।

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७६६४ नंको बसको ठक्करले वालिङ नगरपालिका– १ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए।

बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु-याएपछि चिकित्सकले दिउँसो ३ः३० बजे मृत घोषणा गरेका थिए।

बस चालक गल्याङ नगरपालिका– ११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .