ad ad

समाज


पोखरामा बढी भाडा लिने ६ सवारीसाधन प्रहरीको नियन्त्रणमा

पोखरामा बढी भाडा लिने ६ सवारीसाधन प्रहरीको नियन्त्रणमा

नेपालखबर
असोज २०, २०७६ सोमबार २:१८,

दसैंका लागि पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएको भन्दै ६ वटा सवारीसाधनलाई कास्की जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार दसैं मनाउन घर फर्कने यात्रुहरूलाई बढी भाडा लिने सवारीसाधन र चालकलाई आइतबार पक्राउ गरिएको हाे। 

यात्रु नठगिऊन् भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरी निगरानी गरिएकाे उनले बताए। 

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रूपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले बताए।

मनोमानी बढी भाडा लिन खोजेमा प्रहरीमा खबर गर्न पनि कास्की प्रहरीले यात्रुलाई आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .