समाज


मुक्का प्रहारबाट ६३ वर्षीय वृद्ध ठहरै

मुक्का प्रहारबाट ६३ वर्षीय वृद्ध ठहरै

नेपालखबर
असोज १८, २०७६ शनिबार ९:२३,

कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई पक्राउ गरेको छ।

छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ। आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ।

श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ। घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ। बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ। श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad