ad ad

समाज


पीडित महिलाका पति भन्छन्: ‘महरा सरमाथिको आरोपमा सत्यता छैन’

पीडित महिलाका पति भन्छन्: ‘महरा सरमाथिको आरोपमा सत्यता छैन’

नेपालखबर
असोज १४, २०७६ मंगलबार १२:४४,

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचार आरोप लगाउने महिलाका श्रीमानले पत्नीले लगाएको आरोप आफूले कल्पना गर्न समेत नसक्ने बताएका छन्। उनले त्यो सत्य नभएको दाबी गरे।

‘मैले महरा सरलाई २०४७ सालदेखि नै चिनेको हुँ। उहाँ त्यस्तो स्वभावको मान्छे होइन। उहाँबाट त्यस्तो कुकृत्य हुनै सक्दैन’, पीडित महिलाका पति चित्रबहादुर शाहीले मंगलबार साँझ नेपालखबरसँग भने, ‘मेरो उहाँप्रति पूर्ण विश्वास छ। त्यस्तो आरोप म कल्पनै गर्न सक्दिनँ। आरोपमा कुनै सत्यता छैन।’

‘हामीलाई महरा सरले नै पढाउनु भएको हो। आजसम्म मैले चिनेका आधारमा भन्नुपर्दा उहाँले त्यस्तो काम गर्नै सक्नुहुन्न, आरोप सत्य हो जस्तो लाग्दैन’, शाहीले भने।

श्रीमान तनहुँ गएको बेला आइतबार राती मदिराले मातेर महराले आफूमाथि बलात्कार प्रयास गरेको ती महिलाले आरोप लगाएकी थिइन्। घटनाको विवरण सञ्चार माध्यममार्फत् सार्वजनिक भएको थियो।

शाहीले आफू महरा र नेकपाका अन्य नेताहरूसँग पनि नियमित फोन सम्पर्कमा रहेको खुलाए। श्रीमतीसँग भने कुराकानी हुन नपाएको उनले दाबी गरे। घटनाबारे आफूले सञ्चार माध्यमबाट जानकारी पाएको उनको भनाइ छ।

‘घटनाबारे मलाई श्रीमतीले जानकारी दिएकी होइनन्, सञ्चार माध्यमबाट थाहा पाएको हुँ’, शाहीले भने, ‘घटनाको विषयमा के गर्ने भन्नेबारे काठमाडौं पुगेपछि निर्णय हुनेछ, अहिले म बाटोमै छु।’

सोमबार साँझ घटना विवरण सार्वजनिक भएसँगै महरामाथि सभामुख पदबाट राजिनामा दिन दबाब बढेको थियो। मंगलबार बिहान पार्टीले राजिनामा दिन निर्देशन दिएपछि उनले उपसभामुखलाई राजिनामा पठाएका थिए, जुन स्वीकृत भैसकेको छैन।

महरामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्ने दबाब बढिरहेका बेला पीडित महिलाका पतिले महरालाई सफाइ दिने गरी फरक कुरा गरेका छन्।

ती महिलाले आइतबार राति र मंगलबार कोठामा पुगेका प्रहरी समक्ष श्रीमानसँग सल्लाह गरेर जाहेरी दिने बताएकी थिइन्। तर मंगलबार साँझसम्म जाहेरी परेको छैन। लिखित जाहेरी अभावमा संगठित अनुसन्धान गर्न नसकिने प्रहरीले बताइरहेको छ।

यो पनि: महराविरुद्ध किन परेन प्रहरीमा उजुरी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .