समाज


रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी, ५ करोडकाे क्षति भएको अनुमान

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी, ५ करोडकाे क्षति भएको अनुमान

नेपालखबर
असोज १४, २०७६ मंगलबार ४:११,

रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब ५ करोड रुपैयाँ बराबरका सामान क्षति भएको अनुमान गरिएको छ।

रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार उक्त आयोनजाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा राति ११ बजे आगलागी भएको हो।

जस्ताले छाएको एक तले भवनमा भएको आगलागीले तीन थान कम्प्रेसर मेनिस, ७/८ सय थान प्लाई, फलामका पाइलगायत विभिन्न सामान जलेर नष्ट भएको उनले जानकारी दिए।

आगलगाीबाट क्षतिको यकिन मूल्यांकन हुन बाँकी रहे पनि आयोजना पक्षले ५ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ।

‘उनीहरूले ४/५ करोडकाे क्षति भएको भनेका छन्,’ टेलिफोनमा कुरा गर्दै रसुवा प्रहरी प्रवक्ता थापाले नेपालखबरसँग भने, ‘तर हामी क्षतिको वास्तविक विवरण संकलन गर्दै छौं।’

आगलागी भएको खबर पाउनासाथ प्रहरी टोली गएर राति साढे ११ बजे आगलागी नियन्त्रणमा लिएको थियो।

विद्युत् सर्ट भएर आगलागी भएको अुनमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .