ad ad

समाज


कृषि तथा पशु सेवा प्राविधिकमाथि प्रहरी हस्तक्षेप (भिडियो)


नेपालखबर
असोज १३ ,

पुनर्वहालीको माग गर्दै कृषि तथा पशु सेवा विभागअन्तर्गतका प्राविधिकहरुले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।

२०७२ साल देखि एक गाउँ एक प्राविधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राविधिकलाई सरकारले हटाएपछि पुनर्वहालीको माग गरी आन्दोलन गर्दै आइरहेका छन्।

सोमबार उनीहरुले निकालेको विरोध जुलुस थापाथली चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरी तितरवितर बनाएको थियो। त्यस क्रममा केही आन्दोलनकारी घाइते भएका छन्।

prabidhik2

अर्थ मन्त्रालयको भदौ २९ को निर्णय अनुसार उनीहरुलाई पदमुक्त गरिएपछि असोज ५ गतेदेखि उनीहरुले आन्दोलन सुरु गरेका हुन्। त्यसक्रमा उनीहरुले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए।

prabidhik3

अर्थमन्त्रालयको भदौ २९ गतेको निर्णय खारेजीको माग गरेका प्राविधिकहरुले शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभए कडा आन्दोलनको घोषण गर्ने चेतावनीसमेत दिएका छन्।

असोज १३, २०७६ सोमबार १०:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .