ad ad

समाज


हुथी विद्रोहीले साउदी अरबमा आक्रमण नगर्ने

हुथी विद्रोहीले साउदी अरबमा आक्रमण नगर्ने

नेपालखबर
असोज ५, २०७६ आइतबार ७:५०,

हुथीले आक्रमण बन्द गर्ने प्रस्ताव पठाएपछि संयुक्त राष्ट्रसंघले यस कार्यको स्वागत गरेको छ।

हुथीले प्रस्तावमा भनेको छ,‘यो प्रस्ताव युद्ध अन्त्यको लागि बलियो सन्देश हो।’

एक हप्ता अगाडि मात्र साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा हुथी विद्रोहीले आक्रमण गरेको थियो।

त्यस घटनाको जिम्मा हुथीले लिएता पनि अमेरिका र राउदी अरबले इरालने नै आक्रमण गरेको आरोप लगाएको थियो।

इरानले भने अमेरिका र साउदीको आरोपको खण्डन गरेको छ। यमनको गृह युद्धमा दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

दशौं लाख मानिस भोकमरिको चपेटामा छन्। सन् २०१५ मा हुथी विद्रोहीले यमनबाट राष्ट्रपति अब्द्राबु मनसुर हादी लखेट्दै राजधानी साना आफ्नो नियन्त्रणमा लिएका थिए।

त्यसयता साउदी अरब र उसका सहयोगी राष्ट्रले यमनमा हुथीविरुद्ध लडाइँ गरिरहेको छ। हुथीले गल्फ राष्ट्रहरुमा दर्जनौं मिसाइल र ड्रोनबम आक्रमण गरिसकेका छन्।

हुथीलाई अमेरिका र साउदीको विरोधी राष्ट्र इरानले समर्थन गरिरहेको छ। हाल अमेरिका र इरानबीच परमाणु हतियार निर्माणको विषयलाई लिएर तनाव छ। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .