समाज


पत्रकार गेलाङको परिवारलाई एक लाख सहयोग

पत्रकार गेलाङको परिवारलाई एक लाख सहयोग

नेपालखबर
असार २, २०७६ सोमबार १६:५,

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गत जेठ २८ गते टिप्परको ठक्करबाट ज्यान गुमाएका पत्रकार नन्दबहादुर गेलाङको परिवारलाई रु एक लाख सहयोग गर्ने निर्णय गरेको छ।

महासंघकाे साेमबार बसेको बैठकले गेलाङको परिवारलाई उक्त रकम सहयोग गर्न निर्णय गरेको हो।

बैठकले असार ६ गते महासंघको परिसरमा पत्रकार गेलाङ्प्रति श्रद्धाञ्जली अर्पण गर्न शोक प्रस्ताव पारित गरेको शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए। उनका अनुसार बैठकले नन्दबहादुर गेलाङ स्मृति पत्रकारिता पुरस्कार तथा अक्षयकोष स्थापना गर्नेसमेत निर्णय गरेको छ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव रहेका गेलाङको गत जेठ २९ गते समाचार संकलन गर्न जाने क्रममा भेरीगङ्गा नगरपालिका–८ लोदेमा सवारी दुर्घटनामा परी ज्यान गएको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .